ठोरी गाउँपालिकाको दोस्रो गाउँसभा सप्पन्न ,आगामी आर्थिक बर्ष २०७५/७६ का लागि ३१ करोड २७ लाख ४१ हजार रकम बराबरको बजेट प्रस्तुत ॥

असार १०,सुवर्णपुर
समाचारदाता:-सामुदायिक ऐ.फेम बिजयबस्ति

"सुशासन युक्त सक्षम एवम् सबल स्थानीय सरकार ,पुर्वाधार निर्माण ,कृषि ,पर्यटन र शशक्तिकरण ठोरीको आधार";भन्ने मुल नाराका साथ ठोरी गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ।सुवर्णपुरमा रहेको सखुवाटी प्राथमिक बिद्यालयमा आज गाउँसभा भएको हो।गाउँसभाले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पारीत गरेको छ।

सभाले आगामी आर्थिक बर्षका लागि चालू खर्चतर्फ ५ करोड १३ लाख र पुजिगत तर्फ २६ करोड १४ लाख ४१ हजार गरि कुल ३१ करोड २७ लाख ४१हजार रुपैया बराबरको अनुमानित रकम बिनियोजन गर्दै नीति तथा कार्यक्रम पारीत गरेको छ।

सामाजिक सुरक्षामा २ करोड २५ लाख ,पुर्वाधार विकासमा ३ करोड २५ लाख,ससर्त कार्यक्रममा १३ करोड ३६ लाख अनुमानित खर्च गर्ने लक्ष्य सभाले आगामी आर्थिक बर्षका लिएको छ।त्यसैगरी लक्षितवर्ग बिकास कार्यक्रममा ५० लाख,क्षमता विकासमा ५० लाख ,गत बर्षको दायित्व ४० लाख ,साझेदारी कार्यक्रममा १ करोड ,ऐन कानुन निर्माणमा २५ लाख शुशानमा ८ लाख र विविध शिर्षकमा १ करोड २५ लाख  रकम आज बिनियोजन गरिएको छ।खेलकुद र आन्तरिक क्रियाकलाप लागि समेत सभाले आगामी आर्थिक बर्षमा ४६ लाख ४१ हजार अनुमानित खर्च विवरण प्रस्तुत गरेको छ।
सभाले अघिल्लो आर्थिक बर्षको मौज्दात १ करोड नेपाल सरकारबाट र प्रदेश सरकारबाट प्राप्त र आन्तरिक राजस्वबाट खर्च जुटाउने लक्ष्य लिएको छ।

सभामा गाउँपालिका उपाध्यक्ष शान्तिमाया थिङले आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गर्नू भएको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाले गापाका बासीहरुको आधारभुत आवश्यकता पूरा गर्दै बिशिस्ट पहिचान सहितको सुन्दर ,समृद्ध र नमुना गाउँ बनाउने मुख्य सोच आगामी आर्थिक बर्षको लागि गापाले लिएको बताइन् ।

आज पारीत नीति तथा कार्यक्रममा गापाले प्रदान गर्ने सेवा सुबिधा स्पष्ट हुने गरि नागरिक बडापत्र लागू गर्ने,असहाय ,बृद्द र अपाङ्गहरुलाई गापाले प्रदान गर्ने विभिन्न सुबिधा एकद्वार प्रणालीमार्फत प्रदान गर्ने उल्लेख छ।गापाले भ्रष्टाचारको मुद्दामा शुन्य सहनशीलता कायम गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रम मार्फत लिएको छ।

त्यसैगरी गापा क्षेत्रभित्र अत्यावश्यक सडकहरुको लागि गाउँ यातायात गुरुयोजनालाई अद्यावधिक गरि विस्तृत योजना प्रतिबेदन तयार गरि व्यवस्थापन गरिने,गापाको मुख्य सडक र बस्तीहरुमा सौर्य बत्ति राख्न पहल गरिने,गापाभित्र :एक घर एक रोजगार ;अभियान सफल पार्न युवा स्वरोजगार कोष स्थापना गर्ने,उन्नत पशुपालनका लागि नश्ल सुधार कार्यक्रम सुरु गर्ने,गापामा आगामी आर्थिक बर्षमा २५ सैय्याको अस्पताल स्थापना गर्न पहल गर्ने उल्लेख छ।नीति तथा कार्यक्रमले गापा भित्र सामुदायिक कलेज स्थापना गर्न पहल गर्ने,बाघमोर्चा क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्न गुरुयोजना अनुसार बिकास गर्दै लगिने,सहिदहरुको स्मृतिमा पार्क,स्मृति प्रतिष्ठान निर्माण गर्दै लैजाने ,गापा भित्र आयोजना हुने मेला ,जात्रा,पर्व आदीको संरक्षण गर्दै धार्मिक पर्यटन प्रबर्द्धन गर्ने,सबै धर्मका धार्मिक स्थलहरुको प्रबर्द्धन गर्ने,गरीब तथा जेहेन्दार बिद्यार्थीको लागि छात्रवृत्ति तथा एसईई परीक्षामा उत्कृष्ट अङक ल्याउने बिद्यार्थी र बिद्यालयलाई पुरस्कृत गरिने ,वातावरण संरक्षणका लागि एक घर पाँच फलफुल अनिवार्य लगाई हुर्काउनु पर्ने र हुर्काउनेलाई पुरस्कृत गरिने पनि निती तथा कार्यक्रमले समेटेको छ।
 
सर्वसम्मतिले गाउँ सभाबाट पारीत नीति तथा कार्यक्रमले गापा भित्र ८४ बर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै निर्बाह भत्तास्वरुप एकमुष्ट बार्षिक रु पाँच हजार प्रदान गर्ने,गापाका सबैवडामा सुचनाको पहुँच पुर्याउन सबै वडालाई टेलिकम नेटवर्क रहित मुक्त गरिने गापाका मुख्य पर्यटकीय ठाउँमा निशुल्क वाईफाईको व्यवस्था गर्ने लगायतका बिषयहरुलाई समेत समेटेको छ।

गापा अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न गाउँसभामा वडा न ५ का वडाध्यक्ष राम बहादुर पाख्रीनले  प्रथम गाउँ सभाले पारीत गरेको गाउँ सभा संचालन कार्यबिधी २०७४ लाई संसोधन बिस्थापन गर्न बनेको गाउँ सभा संचालन कार्यबिधी २०७५  निर्णयार्थ  प्रस्तुत गरेका थिए।सभाले गाउँपालिका संचालन कार्यबिधी २०७५ सर्वसम्मतिले पारित गरेको छ।त्यसैगरी वडा न १ का वडाध्यक्ष रामप्रकाश कुवरले प्रस्तुत गरेको आर्थिक विधयक २०७५ र बिनियोजन विधयक २०७५ समेत सर्वसम्मतिले पारीत गरेको छ।
बजेटमाथिको दफावार छ्लफलपछी आगामी असार २५ गते गापामा छुट्टाइएको प्रत्येक योजनामा बिनियोजन गरिएको रकम प्रस्तुत गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।  

आर्थिक वर्ष: