ठोरी गाउँ पालिका वडा न. ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको गाउँपालिका अध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

ठोरी गाउँ पालिका वडा  न. ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको गाउँपालिका अध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चामा बन्न लागेको रंगशालाको स्टेजको आज ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरेका छ्न।

खेल क्षेत्रको प्रबर्द्धन गर्न र खेलकुद प्रतियोगिताहरु संचालन गर्न बन्न लागेको सो स्टेजको आज शिलान्यास गरिएको गापा अध्यक्ष श्रेष्ठले जानकारी दिए।चालू आर्थिक बर्ष २०७४/७५ मा गाउँपालिकाबाट बिनियोजन गरिएको रु दस लाख बजेटबाट रंगशालाको स्टेज निर्माण गर्न लागिएको हो।

स्टेज ३० फिट लम्बाई र २० फिट चौडाई भएको आयताकार हुने स्थानीय युवा नेता अष्ट बहादुर लोप्चनले जानकारी दिए।उनका अनुसार रंगशाला बनाउन र स्टेज निर्माण गर्न स्थानीय सुप बहादुर पाख्रीनको अध्यक्षतामा उपभोक्ता समिति गठन भई निर्माण कार्य थालनी गरिसकिएको छ।चालू आर्थिक बर्षको अन्त्यसम्म सो स्टेज निर्माण गरिसक्ने गरि उपभोक्ता समितिले गापा कार्यालयसंग योजना सम्झौता गरेको लोप्चनले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तथा पर्यापर्यटनको सम्भावना भएको ठाउँ भएकाले आगामी बर्ष भ्यु टावर समेत सोही रंगशालाको किनारमा निर्माण गर्न बजेट बिनियोजन गरिने लक्ष्य गापाले राखेको अध्यक्ष श्रेष्ठले बताए ।

रंगशाला निर्माण गर्न यसअघि नै खेल मैदानको माटो सम्याउने काम भैसकेको छ।

आर्थिक वर्ष: