ठोरी गाऊँपालिका वॉड न. ४ निर्मलबस्तीमा धार्मिक वन हस्तान्तरण

ठोरी गाऊँपालिका वॉड न. ४ निर्मलबस्तीमा धार्मिक वन हस्तान्तरण
ठोरी गाऊँपालिका वॉड न. ४ निर्मलबस्तीमा धार्मिक वन हस्तान्तरण

ठोरी गाउँपालिका ४ निर्मलबस्तिमा पर्ने करीब ७.७६ हेक्टर  वन क्षेत्रलाई आज धार्मिक वन घोषणा गरिएको छ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले आज एक कार्यक्रमकाबीच सो वन क्षेत्रलाई औपचारिक रुपमा नै धार्मिक वनको रुपमा हस्तान्तरण गरेपछि सो क्षेत्र धार्मिक वन घोषणा भएको हो।

निर्मल मध्यवर्ती उपभोक्ता समिती अन्तर्गत पर्ने स्याउली बस्तिको पुर्व पट्टीको सो वन क्षेत्र निर्मल ऋग्जिन पेमा ह्वोसल लिंग मध्यवर्ती धार्मिक वनका रुपमा उपभोक्ता समितिको संरक्षणमा हस्तान्तरण गरिएको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले  निकुञ्ज बिकासको बाधक नभई सहयोगी बन्नुपर्नेमा ठोरीबासी जनता र जनप्रतिनिधिहरुले त्यस्तो अबस्थाको अनुभुती गर्न नपाएको बताएका थिए।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले निकुञ्जले बिकासका कार्यहरुमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
सोही कार्यक्रममा मन्तव्य राख्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले निकुञ्ज ठोरी क्षेत्रको पर्यापर्यटन वृद्धि गर्ने दिशामा अघि बढेको बताउँदै त्यसका लागि स्थानीयको सहयोग आवश्यक रहेको बताए ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका उनले निर्मलबस्तिमा बैकल्पिक सामुदायिक वन बनाउन निकुञ्ज प्रशासनले सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै निर्मल मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष एवम् रेडियो बिजयबस्तिका अध्यक्ष सन्तोष श्रेष्ठले मध्यवर्ती क्षेत्रको सुन्दर पक्ष नै मध्यवर्ती वन र ५०% राजश्व मध्यवर्ती क्षेत्रको बिकासमा खर्च गर्ने भएको भएतापनि ठोरीको मध्यवर्ती क्षेत्रमा सो अनुरुप हुन नसकेको तर्क गर्दै निकुञ्ज प्रशासनको यस्तै रबैया रहे मध्यवर्ती क्षेत्रका जनताले मध्यवर्ती क्षेत्रको अबधारणा र औचित्यमाथि नै प्रश्न उठाउने खतरा निम्तिएको तर्फ प्रशासनको ध्यानाकर्षण गराए।
त्यस्तै सोही कार्यक्रममा बोल्दै निर्मल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मान बहादुर श्रेष्ठले धार्मिक वन हस्तान्तरण गरेकोमा निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई धन्यवाद व्यक्त गर्दै संरक्षण कार्यमा सबै एकजुट हुनुपर्ने धारणा ब्यक्त गरे।

ठोरी गापाका अध्यक्ष पि.एल.श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशिस्ट अतिथी निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य त्यसैगरी अतिथिका रुपमा निर्मल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मान बहादुर श्रेष्ठ ,पुर्व अध्यक्ष सन्तोष श्रेष्ठ ,साबिक सुवर्णपुर गाबिसका पुर्व अध्यक्ष जरी लामा,युवा नेता राम बहादुर श्रेष्ठ ,भक्त बहादुर श्रेष्ठ लगायत स्थानीयबासीको सहभागीता थियो।सो धार्मिक वनका अध्यक्ष सिताराम बम्जनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण स्थानिय शिक्षक आशाकाजी गोलेले गरेका थिए।

आर्थिक वर्ष: