संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २०,२९६
क्षेत्रफल: १२८.६७ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: ठोरी, निर्मलबस्ती र सुवर्णपुर गा.वि.स.

वडा न. घर धुरी   जनसङख्या  
    जम्मा पुरुष महिला
६४७ ३४०९ १६६४ १७४५
७७१ ३७६४ १८१३ १९५१
९१२ ४२०५ २००८ २१९७
११४३ ५५६७ २७६५ २८०२
७७४ ३४५२ १५८२ १८७०
जम्मा ४२४७ २०३९७ ९८३२ १०५६५

ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित पर्सा जिल्ला भित्रका १४  वटा स्थानीय तह मध्य] ठोरी  गाउँपालिका नेपाल सरकारको मिति २०७३.११।२७  गतेको स्थानिय तह घोषणावाट साविक ठोरी ,निर्मलबस्ति  ,सुबर्णपुर् र  महादेवपट्टि  र सेढवा गा.वि.स लाई  समेटेर सुबर्णपुर गाउँपालिका  गठन भएको थियो  । पछि मन्त्रीपरिषदको निर्णय अनुसार साविक ठोरी , निर्मलबस्ति  र सुबर्णपुर् गा.वि.स. समेटेर ठोरी  गाउँपालिका घोषणा भएको हो  । ठोरी  गाउँपालिका मा ५  वटा वडा कायम भई गाउँपालिकाको केन्द्र सुवर्णपुर, पर्सामा रहेको छ ।

यस ठोरी  गाउँपालिकाको पूर्वमा जिरा भवानी गाउँपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज , उत्तरमा  पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज दक्षिणमा भारतको सिमाना रहेकोछ । गाउँपालिकाको जनसंख्या २०,२९६ - विस हाजर दुई सय छयानब्बे _ रहेको छ । जम्मा क्षेत्रफल १२८.६७  वर्ग कि.मी. रहेको यस गाउँपालिकामा धार्मिक,साँस्कृतिक ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण राष्ट्रिय निकुञ्ज एवं मठ मन्दिर, पार्क आदी  रहेका छन  । गाउँपालिकाको घोषणा भए पश्चात एकातिर गा.वि.स.को सोचबाट स्थनीय सरकारको अस्तित्व वोध गर्न र गराउन  निर्वाचित जन प्रतिनिधी क्रियशील भएको अवस्थामा आवस्यक कर्मचारीको अभाव, भएका जनसक्तिमा पनि दक्षताको कमि, संघिय तथा प्रदेश सरकार बाट पाउनु पर्ने कानुनी निर्देशन प्राप्त हुन नसकिदाको अवस्था र समुदायको अशिमित चाहना एम उक्त चाहना परिपूर्ति गर्न गाउँ पालिका संग पर्य्प्ता श्रोत साधनको अभावमा समस्या झेली रहेको अवस्थाका बीच यस दोस्रो गाउँ सभामा आइपुगेका छौ |