ठोरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
----------------------------------------
ठोरी गाउँपालिकाको १३ औं गाउँसभा मिति २०८२।०३।०४ गते सम्पन्न भएको छ । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता, ठोरी गाउँपालिकाको उपाअध्यक्ष, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु , सदस्यज्यूहरु र पर्सा जिल्ला समन्वय समिति प्रमुख श्री निरञ्जन प्रसाद सा सोनारको प्रमुख आतिथ्यतामा नीति तथा कार्यक्रम सम्पन्न भएको छ।
शुभकामना मन्तव्य पश्चात गाउँपालिका अध्यक्ष श्रेष्ठले आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले गाउँ सभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्व-सहमतिले पारित भएको छ ।