अत्यधिक गर्मीका कारण ठोरीका सामुदायिक बिधालयहरु शुक्रबारसम्मका लागि बन्द

केही दिनयता बढेको अत्यधिक गर्मीका कारणले ठोरी गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरु आजबाट शुक्रबारसम्मका लागि बन्द गरिएको छ।अत्यधिक गर्मीका कारण बिद्यार्थीहरुमा बान्ता हुने,टाउको दुख्ने ,रिंगटा लाग्ने समस्याहरु देखिन थालेपछी शुक्रवारसम्मका लागि बिद्यालय बन्द गरिएको ठोरी गापाका स्रोतव्यक्ति छोटेलाल प्रसादले जानकारी दिए।शनिबार सार्वजनिक बिदा परेकाले आगामी आइतबारदेखि बिद्यालय नियमित खुल्ने उनले बताए ।

बर्षे बिदामा समायोजन हुने गरि बिदा मिलाईएको उनले जानकारी दिए।गर्मीका कारण ठोरीका सबै सामुदायिक बिद्यालयहरुमा बिहान पठनपाठन हुने गरेको भएपनि केही दिनयता बढेको प्रचण्ड गर्मीका कारण विद्यार्थीलाई अध्ययनमा समस्या भैरहेको थियो।
गाउँपालिकामा माध्यमिक र आधारभुत गरि २३ ओटा सामुदायिक बिद्यालयहरु छन् ।

आर्थिक वर्ष: