आज ठोरी गाउपालिका वडा न ४ को आ व २०७५/७६ को योजना तर्जुमा बैठक सम्पन्न ।

 

आज ठोरी गाउपालिका वडा न ४ को कार्यलयमा योजना तर्जुमा बैठक सम्पन्न भएको छ । आ व २०७५/७६ को योजना तर्जुमा बैठको अध्यक्षता वडा अध्यक्ष बई बहादुर तामाङ्गले गर्नुभएको थियो । बैठकमा प्रमुख अतिथिको रुपमा पदम लाल श्रेष्ठ ,अतिथिहरुमा ठोरी गाउपालिकाको बोर्ड सदस्य कान्छी माया थिङ,वडा सदस्यहरु तेज ब श्रेष्ठ ,धन कुमारी कामिनी,मान ब बुढाथोकी ,नेपाली काङ्ग्रेसको जिल्ला सदस्य राम ब श्रेष्ठ ,नेकपा ठोरी गाउपालिका सदस्य दिल ब श्रेष्ठ ,नेकपाको युवा नेता मुन्ना श्रेष्ठ ,मा बि बिजयबस्तीको अध्यक्ष मनोज श्रेष्ठ ,ने रा आ बिध्यालय निर्मलबस्तीको अध्यक्ष सुब्बा लाल दोङ्ग,प्र अ गोपिलाल श्रेष्ठ , ज्ञ्यानज्योति आ वि घ्याङ्डाडाको प्र अ सुजन ढुङ्गेल,बिजयबस्ती खानेपानी समितिको अध्यक्ष अम्बर निर्दोष लगाएत वडाका विभिन्न व्याक्तित्वहरुको उपस्थिती रहेको थियो । गाउपालिका अध्यक्ष श्रेष्ठले ठोरी गाउपालिकालाई नमुनाको रुपमा चिनाउन धार्मिक पर्यटन साथै अन्य पर्यटनको क्षेत्रमा विकास गर्ने,चेतनाको बिकास गर्न विभिन्न तलिमहरुको आयोजना गर्ने साथै अधुरो योजनाहरुलाई पुरा गर्ने योजना रहेको बताउनु भयो।
कार्यक्रममा वडा अध्यक्ष बई बहादुर तमाङ्गले समाजमा विकास निर्माणको काममा उपभोक्ता समितिका साथिहरुले स्वार्थको भावना नराखी काम गर्न आग्रह गर्नु भयो ।व्याक्तिगत स्वार्थ राखी राखि काम गरेमा समाजले एक दिन सजाय दिने भएकोले समाजको अगाडि डर मानेर काम गर्न अनुरोध गर्नु भयो। वडा अध्यक्ष तमाङ्गले टोल टोलबाट टिपोट गराएका योजनाहरु पढेर सुनाउनु भएको थियो।
बैठकमा स्वागत मन्तव्य निमा तमाङ्गले राख्नु भएको थियो भने बैठक वडा सचिव कृश्न रेग्मिले सन्चालन गर्नु भएको थियो ।

आर्थिक वर्ष: