आ.व. २०८१/०८२, ठोरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भयो।

ठोरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
----------------------------------------
ठोरी गाउँपालिकाको ११ औं गाउँसभा आज सम्पन्न भएको छ । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता र पर्सा जिल्ला समन्वय समिति सदस्य शुसिला बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ठोरीका राजनीतिक दलका अगुवाहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शुभकामना मन्तव्यका क्रममा नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले ११ औं गाउँसभाले आफुहरुलाई बोलाएर आफ्ना कुराहरू राख्ने अवसर प्रदान गरेकोमा गापालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । अबको ठोरीको नीति तथा कार्यक्रम शिक्षा क्षेत्रलाई लक्षित गरि बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले खानेपानी, शिक्षा, नदी नियन्त्रणमा गाउँपालिकाले विशेष जोड दिनुपर्ने बताउनु भयो ।

नेकपा माओबादी केन्द्र ठोरीका उपाध्यक्ष रोशन सुनुवारले सबै राजनीतिक दलसंग सहकार्य गर्दै अघि बढ्न खेजेकोमा गाउँपालिका अध्यक्षलाई धन्यवाद ब्यक्त गर्दै बिकास निर्माणमा पार्टी भन्दा पनि ठोरीबासी भएर लाग्नु पर्ने बताउनु भयो ।

शुभकामना मन्तव्य पश्चात गाउँपालिका अध्यक्ष श्रेष्ठले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले गाउँ सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ ।

नीति तथा कार्यक्रम पारित भए पश्चात गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मीले आर्थिक बर्ष २०८१/०८२ को बजेट सभा समक्ष पेश गर्नु भएको थियो । उपाध्यक्ष रेग्मीले प्रस्तुत गर्नुभएको ४७ करोड ५ लाख ३३ हजारको बजेट सभाले सर्वसम्मतिले पारित गरेको थियो ।

आर्थिक वर्ष: