क्षयरोग सम्बन्धि खकार परिक्षण शिविर सम्पन्न गर्दे ठोरी गा.पॉ का स्वथ्य अधिकृत रमेश राज थिंग।

पर्साको ठोरी गाउँपालिकामा क्षयरोग सम्बन्धि खकार परिक्षण शिविर सम्पन्न भएको छ। शिविरमा बिरामीको माइक्रोस्कोपिङ बिधिद्वारा खकार परिक्षण गरिएको थियो।

गत जेठ २४ र २५गते निर्मलबस्ती स्वास्थ्यचौकी बिजयबस्तिमा र जेठ २६ र २७गते सुवर्णपुर स्वास्थ्य चौकीमा संचालित शिविरमा ५६ जनाले खकार परिक्षण गराएको ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिए।उनले २६ जना महिला र ३० जना पुरुष गरि ५६ जनाले खकार परिक्षण गराएकामा ४ जनामा क्षयरोगको संक्रमण भेटिएको बताए ।उनका अनुसार निर्मलबस्ती स्वास्थ्य शिविरमा परिक्षण गराएका ३ जना महिला र १ जना पुरुषमा क्षयरोगको संक्रमण देखिएको हो।
 
ठोरी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न शिविरमा  बिरामीको खकारलाई माइक्रोस्कोपमा राखेर स्वास्थ्यकर्मीले परिक्षण गरेका थिए।

आर्थिक वर्ष: