जंगली जनावर नियन्त्रण गर्न बिद्धुतिय तारबार लगाईयो|

 

पर्सा राष्ट्रिय निकुञ्जबाट मानव बस्ती प्रबेश गर्ने जंगली जनावर नियन्त्रण गर्न निकुञ्जको मध्यवर्ती क्षेत्रमा बिद्धुतिय तारबार लगाइएको छ।मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने जीराभवानी गाउँपालिकाको बसन्तपुरदेखि ठोरी गाउँपालिकाको शान्तिटोलसम्मको करीब साढे चौध किलोमिटर लम्बाईको क्षेत्रमा तारबार गरिएको हो।

 

तारबार लगाइएको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत गठित पन्चमुखि उपभोक्ता समिती ,सुनाखरी उपभोक्ता समिती र कुसुमबाटिका उपभोक्ता समितिको क्षेत्रभित्र पर्छ ।

 

तारबार गर्दा लाग्ने लागत निकुञ्ज कार्यालयले नै बेहोर्ने गरि  निकुञ्जले निर्माणको जिम्मा कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिलाई दिएको छ।

चालू आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरि निकुञ्जले कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिसंग सम्झौता गरेको समितिका अध्यक्ष टङ्क प्रसाद तिमिल्सिनाले जानकारी दिए।उनका अनुसार सम्झौता मितिमा नै ठेकेदार कम्पनीले काम सम्पन्न गरिसकेको छ। 

 

चालू आर्थिक बर्षको अन्त्यसम्म निर्माण सम्पन्न गरिसक्ने गरि सुनसरीको धरान नगरपालिका १६ मा रहेको ठेकेदार कम्पनी सुमित सप्लायर्स एण्ड ट्रेडर्सले मुल्य अभिवृद्धि करसहित करीब ७१ लाख रुपैयाँमा ठेक्का सकारेको थियो।यसअघि कोशिटप्पु बन्यजन्तु आरक्षमा पनि बिद्धुतिय तारबार निर्माणको जिम्मा लिई काम सम्पन्न गरिसकेको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न भैसकेको जानकारी दिएको छ।मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने जीराभवानी गाउँपालिका १ को बसन्तपुरको सिमादेखी ठोरी गापा ५ को  गडुवालाईन हुँदै ४ न वडाको शान्तिटोलसम्मको करीब साढे चौध किलोमिटर क्षेत्रमा पोल ठड्याएर तार समेत जडान गरिसकिएको जानकारी दिदै कम्पनीका प्रबन्ध निर्देशक सुमित राईले परीक्षणका लागि तारबार गरिएको क्षेत्रमा बिद्धुत  सुचारु गरिएको बताए ।उनका अनुसार तारबारमा  कडा , खिया नलाग्ने र लामो समयसम्म टिकाउ हुने तारको प्रयोग गरिएको छ।

 

बिद्धुतिय तारबारमा सौर्य प्रणालीबाट उत्पादन हुने बिद्धुतलाई नियन्त्रीत रुपमा छोडिएको हुन्छ।र मानव बस्ती प्रबेश गर्न खोज्ने जंगली जनावरहरुले तार छुने बित्तिकै बिद्धुतिय झट्का लागि तर्सेर फेरि बस्ती प्रबेश नगर्ने प्राविधिकहरु बताउँछन् ।

मानवले बिद्धुतिय तार छुँदा झट्का लाग्ने भएकाले जथाभावी तार नछुन निकुञ्ज कार्यालयले सर्वसाधारणलाई जानकारी गराएको छ।

 

तारबार लगाएसंगै जंगली हात्ती र अन्य बन्यजन्तुहरु मानव बस्ती प्रवेश गरि बालिनाली खाने र कहिलेकाही त बन्यजन्तुको आक्रमणमा परी ज्यान नै जाने समस्याबाट पीडित मध्यवर्ती क्षेत्रका जनताहरु खुशी भएका छन् ।

आर्थिक वर्ष: