सिपमुलक गुडिया बनाउने तालीममा ठोरीका गा. पा. महिलाहरू आकर्सक सहभागिता

 

सिपमुलक गुडिया तथा कुसन बनाउने तालिममा ठोरी गाउँपालिकाका महिलाहरू आकर्षित हुन थालेका छन् ।सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत ठोरी गापाले १ न देखि ४ न वडासम्मका महिलाहरूको लागि सन्चालन गरिरहेको २० दिने गुडिया तथा कुसन बनाउने तालिममा उल्लेख्य महिला सहभागी भएसंगै यसक्षेत्रका महिलाहरूमा सिपमुलक तालिमप्रति आकर्षण बढेको हो।

ठोरी गापा अन्तर्गत पर्ने भारतसँग सिमाना जोडिएको साबिकको निर्मलबस्ती र ठोरी गाबिसमामात्र  सिमा क्षेत्र विकास कार्यक्रम लागू छ।

 

महिलाहरुलाई स्वरोजगार बनाई आयआर्जन गर्न र महिला सशक्तीकरणका लागि सिपमुलक तालिमको व्यवस्था गरिएको ठोरी गापाका अध्यक्ष पि.एल.श्रेष्ठले बताए।यसबर्ष समय अभावका कारण महिला सशक्तीकरणका लागि धेरै कार्यक्रमहरु गर्न नसकिएकाले आगामी आर्थिक बर्षमा बिपन्न वर्ग,युवा , महिला,दलित र समाजमा पछि पारिएकाहरुका लागि विभिन्न स्वरोजगारमुलक तालिमहरु सन्चालन गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।आफ्नो ध्यान सधैं समाजमा पछि पारिएका बर्गको उत्थानमा हुने बताउँदै उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर स्वालम्बी बन्न सबै महिलाहरूसंग आग्रह गरे।

 

पर्सा सामुदायिक केन्द्रले गत जेठ ८ गतेदेखि ४ ओटै वडाको वडा कार्यालयहरुमा सो तालिम संचालन गरिरहेको छ।२० दिनको तालिम अबधिमा पहिलो दस  दिन गुडिया र दोस्रो दस दिन कुसन निर्माण गर्न सिकाइने तालिम प्रदायक सामुदायिक केन्द्रका अध्यक्ष प्रभात मिश्रले जानकारी दिए।उनका अनुसार सबै वडामा फरकफरक मितिमा तालिम सुरु गरिएकाले असारको दोस्रो साता मात्र तालिम सम्पन्न हुनेछ ।तालिमपश्चात आयआर्जनको राम्रो माध्यम गुडिया र कुसन बन्न सक्ने बताउँदै केन्द्रका अध्यक्ष मिश्रले भारतसंग सिमाना जोडिएका चार ओटै वडाका गरि दुई सय जना भन्दा बढी महिलाहरु तालिममा सहभागी रहेको जानकारी दिए।

 

सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत गापाले चालू आर्थिक बर्ष २०७४/७५ मा रु १० लाख ६१ हजार बजेट सो तालीमका लागि छुट्टाएको छ।

 

समाचार दाता: Samudaik Fmbijaybasti

आर्थिक वर्ष: