आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम

ठोरी गाउँपालिका, गाउँ सभाको १५ औं अधिबेशन आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
मधेस प्रदेश सरकारका बन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिसस पर्साकी सदस्य शुशिला बिक, ठोरी गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली काङ्ग्रेस का नेता राम बहादुर श्रेष्ठ, रास्वपा ठोरीका सभापति माधव बस्नेत, ससस्त्र प्रहरीका DSP गोपाल पोख्रेल, ठोरीका सबै बिद्यालयका प्रअहरु तथा ठोरी गाउँपालिका मातहतका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अवकाश प्राप्त शिक्षकहरू नेराप्राबी हनुमान नगरका गणेश प्रसाद सापकोटा र नेरा पाठशाला रोजिनगरका खडक बहादुर खड्का लाई जनही रु. २५,०००/- र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै अवकाश प्राप्त समाबी गौतमनगरका का.स. अमृत बहादुर कठायत, ब्रम्हपुरी आबिका का.स. भिमलाल श्रेष्ठ र नेराप्राबी शिकारीबासकी का.स. हिरामती खवासलाई जनही रु. २५,०००/- र सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै २०८२ सालको SEE मा ठोरी प्रथम हुने अंशु खनाल लाई नगद रु. २५,०००/-, दोश्रो हुने अन्जान अर्याल लाई रु. २०,०००/-, कक्षा १२ मा ठोरी प्रथम हुने जानकी कुमारी चौधरी लाई रु. २५,०००/- दोस्रो हुने प्रतीक्षा पौडेलाई रु. २०,०००/-, र कक्षा ८ को परिक्षामा ठोरी प्रथम हुने सर्बोत्तम कार्कीलाई रु. २५,०००/- दोश्रो हुने खुशी काफ्ले लाई रु. २०,०००/- सहित कदर पत्रद्वारा पुरस्कृत गरिएको थियो ।
सो अवसरमा ठोरी गाउँपालिकाले आयोजना गरेको Tik Tok प्रतियोगिता मा प्रथम हुने ललिता क्षेत्रीलाई रु. २०,०००/-, दोस्रो हुने नयाँ ठोरीलाई रु. १५,०००/- र तेस्रो स्थान प्राप्त गर्ने विवेक क्षेत्रीलाई रु. १०,०००/- सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सामुदायिक बिद्यालयमा पढेका आफ्ना तिनै जना छोराहरुले MBBS को पुर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएपछि उदाहरणीय अभिभावकको पहिचान स्थापित गर्नु भएका शिक्षक दल बहादुर स्याङ्बोलाई रु. १ लाख नगद सहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा आर्थिक बर्ष २०८२/०८३ को ठोरी गाउँपालिकाको उत्कृष्ट कर्मचारी गापाका सुचना प्राविधि अधिकृत राजाबाबु पटेललाई प्रदान गरिएको थियो । नगद रु. ४३ हजार ६ सय सहित पटेललाई सम्मान गरिएको हो ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, सुशासन, सामाजिक विकास, वातावरण संरक्षण तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न महत्त्वपूर्ण नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने घोषणा गर्नुभएको थियो।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका हेम चापागाईंले गर्नुभएको थियो। गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले ठोरी गाउँपालिकाको समग्र विकासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//